थपिए ४७६ संक्रमित, संक्रमितको संख्या १३ हजार २४८
काठमाडौं । कोरोना भाइरसका ४७६ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४७६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । थपिनेहरुमा ११२ महिला र ३६४ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
अहिलेसम्म ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । यो संगै देशभर कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि तीन हजार १३४ जना डिस्चार्ज भएका छन् ।
यस्तै हालसम्म एक लाख हजार जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख हजार जनाको आरडीटी परीक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा ७ हजार ७९१ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका विभिन्न क्वारेन्टिनमा ५७ हजार ३६८ मानिसहरु रहेका छन् भने आइसोलसनमा १० हजार ८५ कोरोना संक्रमितहरु रहेका छन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस