• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

नेपाल–चीनबीच सीमा सम्बन्धमा विवाद छैन : मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीनबीच सीमासम्बन्धमा विवाद नरहेको स्पष्ट पारेका छन् ।

 

केहीदिन अघि कृषि मन्त्रालय नापी शाखाको प्रतिवेदनमा आधारित रहेर सार्वजनिक सञ्चारमाध्यमले नेपालका विभिन्न भूभागहरु चीनले अतिक्रमण गरेको भन्ने समाचार बनाएको भन्दै आक्रोश व्यक्त गरे ।

 

राष्ट्रिय सभाको सोमबारको बैठकमा सम्बोधन गर्दै यसबारेमा कृषि मन्त्रालयले नै खण्डन गरिसकेको बताए। उनले नेपाल र चीनबीच सीमा सम्बन्धमा समस्या नभएको बताए ।

 

मन्त्री ज्ञवालीले दुई देशको सुमधुर सम्बन्धमा असर पार्ने सम्वेदनशील समाचार प्रकाशन नगर्न र भ्रमपूर्ण समाचार नछाप्न आग्रह गर्दै नेपाल-चीनबीच सीमासम्बन्धी कुनै पनि समस्या नभएको स्पष्ट पारे । उनका अनुसार दुई देशबीच सीमासम्बन्धी शान्ति तथा मैत्री सन्धिमा संयुक्त रुपमा हस्ताक्षर भएको छ ।

 

हरेक १०-१० वर्षमा सीमाको निरीक्षण गर्ने समेत सहमति भइरहेको जानकारी गराउँदै उनले तेस्रो पटकको सीमा निरीक्षणले सीमा सत्यता होस् भन्नका लागि भौगोलिक सीमा स्तम्भ राखिने निर्णय गरिएको बताए । पश्चिमतिर त्रिदेशीय विन्दुका विषयमा भने टुङ्ग्याउने तयारी भइरहेको उनले जानकारी गराए ।

 

सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले सोकल्ड प्रतिवेदन कुन कारखानामा उत्पादन भए ? भन्नेबारेमा आफूहरुले खोजी गरिरहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार