• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

राप्रपा सचिवालयमा नौ जना मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबमोजिम अध्यक्षत्रयले केन्द्रीय सचिवालय सदस्यमा नौ जनालाई मनोनयन गरेका छन् । 

 

मनोनित हुनेमा नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौं), राजाराम बर्तौला (मकवानपुर),  बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरतप्रसाद पाठक (नुवाकोट) र मीना शाही (ललितपुर) रहेको पाटीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

आइतबार बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता प्रदान गरेकामा अध्यक्ष त्रयप्रति आभार व्यक्त गरेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार