• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ

काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । सुन तोलाकै ९१ हजार ३ सय रुपैयाँ पर्ने भएको छ । 

 

यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । यसअघि गत बुधबार र बिहीबार ९१ हजार १ सय रुपैयाँमा किनबेच भएर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । शुक्रबार तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । 

 

आइतबार तेजावी सुन प्रतितोला ९० हजार ८ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर ९४५ कायम भएको महासंघले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार