• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

नेकपा स्थायी कमिटी बैठक १६ गतेसम्मका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ । बैठकबारे शनिबार अपरान्ह पत्रकारहरूलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई दिन बैठक स्थगित गरिएको बताए ।

 

भोलि मदन जयन्तीमा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने र पर्सी १५ असार दहि चिउरा खाने दिन भएकोले अर्को बैठक असार १६ गते बालुवाटार मै बस्ने उनले जानकारी दिए।

 

आज (शनिवार) बसेको बैठकमा सीमाबारे स्थायी कमिटीमा छलफल भएको थियो । २१ जना स्थायी कमिटी सदस्यले सीमाबारे धारणा राखेको छन् । असार १६ गते सीमाबारे केहीबेर छलफल गर्ने र अरू एजेन्डामाथि छलफल हुने बताइएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार