• मंगलबार ३-२३-२०७७/Tuesday 07-07-2020
बिश्व

मेरी आमा, एक बिद्यालय शिक्षिका, र उनको प्रविधिसँगको संघर्ष

काठमाडौं । यो संसारमा कसैलाई पनि थाहा हुँदैन कतिबेला के हुन्छ भनेर । झन त्यसमाथी त बालबालिकाले अध्ययन गर्ने ठाउँ, बिद्यालय । अहिले यो कोरोनाको महामारीमा धेरैको चासो भएको बिषय बिद्यालय पनि हो । अब हामीले बिद्यालय कहिले खुल्छ र संचालनमा आउँछ भन्ने कुरा केवल अडकल लगाउन काम मात्र हो । बिद्यालयहरुको भबिष्य बारे कसैलाई केहि थाहा छैन । कोभिड—१९ को यो डरलाग्दो महामारी यसरी बढ्दै जाँदा एउटा कुरा भने पक्का गरेको छ – छिट्टै बिद्यालय फर्किने सम्भावना लगभग एकदमै न्युन छ। 


यो नयाँ स्वाभाविक अवस्थासँग मेरा भाईबहिनीहरु र मैले अनुकुल गरिसक्दा मेरी आमा, एक बिद्यालय शिक्षिका, आफ्नै अनेकन समस्याहरुसँग बाधिएकी छन् । परम्परागत कक्षाबाट जुम जानु मेरी आमाले बर्षौं भागेको चुनौतीहरुसँगै थपिएको तनाव हो । आमाले केहि बर्षयता मात्र स्मार्ट फोन चलाउन थाल्नुभएको थियो । छ जना सदस्य भएको मध्यम बर्गीय परिवार– जसले सुबिधा भन्दा शिक्षालाई प्राथमिकतामा राख्छ – मेरी आमा स्मार्ट फोन लिने अन्तिम व्यक्ति हुन । 


हालै भएको जुम, एमएस टिम्स र गुगल मिट जस्ता कक्षागत रुपान्तरणले मेरी आमालाई अहिलेको प्रबिधिसँग काम गर्न आफ्नो असक्षमता प्रति दरिद्रताको महसुस गराएको छ । यो अवस्था आउनुमा हामीहरु जस्तै हाम्रा अभिभावक कसैसँग सहयोग माग्न डराउनु हो भन्ने मेरो बिश्वास हो । आत्मानिर्भर बन्नु र बिश्वसनियतामा महसुस गर्ने चाहना धेरै घरहरुको प्राथमिकता हो । हरेक केहि दिनमा, म तीर आउँदै उनी सामान्य रुपमा मलाइ सोध्ने गर्छिन, ‘मिटिंङको लागि कसरी आमन्त्रण गर्ने हो ?’


अनि म उनलाई देखाउँछु ती काम कसरी गर्ने भनेर । ‘स्क्रिन सेयर कसरी गरिन्छ ?’ छेउछाउमा कोहि नहुँदा उनी सोध्ने गर्छिन । मैले झुटो बोलेको हुन्छु यदि मैले उनी किन सबैजना गएपछि मात्र मलाई प्रश्न गर्छिन भन्ने कुरा थाहा छैन भनेको खण्डमा ।  


यी धेरै बर्षहरुमा मध्यम बर्गीय काम गर्ने अभिभावकले आफ्ना सन्तानबाट नै आफ्नो सामाजिक पुंजी जम्मा गर्ने कोशिस गर्छन – आफ्नो सपना, उद्देश्य र अधिकांश समयको त्याग गर्दै आफ्ना बच्चाहरुको भावनात्मक चाहनालाई वास्ता नगरी पूर्णकालीन काम गर्छन । त्यो गर्दा उनीहरु आफैसँग घुलमिल हुन बिर्सन्छन, र दुरी सिर्जना गर्छन जसले आवश्यकता पर्ने वार्तालाप पनि कम हुन्छ ।  


जब मेरी आमा प्राविधि सम्बन्धित सहयोग माग्न मेरो सामु आउँछिन, उनको बर्षौंको भावनात्मक  संघर्षले उनको तनावलाई अझ बढाउँछ । उनले मलाई केहि माग्नु पर्यो भने म प्राय उनको क्षमासुचक उपस्थिति महसुस गर्छु । मैले ल्यापटपमा काम गरिरहेको देखेपछि उनी नरम भएर भन्छिन, ‘मलाई माफ गर ।’


उनको डर मात्र प्रविधिसँग अड्केको छैन : त्योभन्दा धेरै कुरासँग जोडिएको छ । उनको साथी अबकाशको अबस्थामा पुग्दा र बारम्बार आउने शिक्षक बर्खास्तको समाचार आउँदा निजि विधालयमा २० बर्षको अनुभव हुँदा पनि उनलाई आफ्नो क्षमतामा शंका लाग्छ । कमाउने र खर्च गर्नेको बिचमा उनले ६ जनाको परिवारलाई लगभग दिनको तिन पटक पकाउने, घरेलु सहयोगी बिना घर ब्यवस्थापन गर्ने, परिवारको सम्बन्ध बलियो बनाउने काम गर्छिन—यस महामारीले यी सबैलाई सदाको लागि भत्काउने सम्भावना गरेको छ । के हामीले यो परिवर्तनलाई सम्बोधन गर्न असफल भएका छौं, जुन आवश्यक छ होला बुझ्न कि  शिक्षकहरुलाई यसले कसरी असर गरेको छ ? शिक्षकहरुलाई तनाबको बढ्दो तह र अन्य समस्याहरु  संग जुध्न बाध्य बनाएको छ ।


मेरी आमाले हरेक बिहान आफ्नो दुखलाई पेनकिलर र असक्रिय स्वीकार्यताले शान्त गर्छिन, म पुरानो पुस्ता र मेरी आमा जस्तै अन्य शिक्षकहरुको बारे सोच्छु जसलाई त्यस्तो संसारमा फालिएको छ जसले उनीहरुलाई त्रसाउने, भयभित गराउने र निरुत्साहित गर्ने गर्छ ।  


लेखक : मर्याम अहमद 


अनुवाद : नारायण न्यौपाने  


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार