• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

नेकपा स्थायी कमिटी बैठक पाँचौं बालुवाटारमा सुरू

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पाँचौं बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य यसअघि नै राखिसकेका छन् ।

 

बैठकमा कोभिड-१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी कामहरू सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० र विविध कार्यसूचीमा छलफल हुने छ ।

 

कार्यसूचीको विविधमा रुकुमपश्चिमा गत जेठ १० मा भएको मानवताविरोधी घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदहरुको भत्ताका विषय राखिएको छ । गत २९ मंसिरदेखि ६ पुससम्म बसेको चौथो बैठकपछि यो नेकपाको पाँचौँ बैठक हो ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार