• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

डिज्नी प्लस हटस्टार मार्फत सुशांत सिंह राजपूतको अन्तिम फिल्म आउँदै

मुम्बई । जुलाई २४ देखि स्ट्रिमिङ प्लेटफर्म डिज्नी प्लस हटस्टारमार्फत कलाकार सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र  ‘दिल बेचारा’ प्रिमियर हुने भएको छ । 

 

फक्स स्टार स्टुडियोले निर्माण गरेको यो फिल्ममा सुशान्तले नयाँ निर्देशक मुकेश छाब्रा र नयाँ नायिका सन्जना सान्घीसँग काम गरेका छन । ए आर रहमानको संगीत रहेको यस फिल्ममा सैफ अली खानको पनि सानो भूमिका रहेको छ ।  

 

फिल्मको प्रिमियर मिति ट्विटरमा सार्वजनिक गर्दै डिज्नी प्लस हटस्टारले लेखेको छ,'प्रेम, आशा र अन्तहीन सम्झनाहरूको कथा। स्व.सुशान्त सिंह राजपुतको विरासत मनाउँदै जुन सधैँभरि सबैका लागि सबैको दिमागमा छापिनेछ । दिल बेचारा सबैका लागि जुलाई २४ मा आउँदैछ ।'


३४  वर्षीय बलिउड नायक सुशांत सिंह राजपूतको दुई हप्ता अघि मात्र आत्माहत्याको कारण मृत्यु भएको थियो । तर उनले काम गरेको एउटा यो फिल्म ुदिल बेचाराु भने पूर्णरुपमा तयार भएको थियो ।  यी नायकको यो नै अन्तिम फिल्म हुने भएको छ । 

 

सुशांतलाई साचो अर्थमा  श्रद्धांजली दिने भन्दै डिज्नी प्लस हटस्टारले यो फिल्म निशुल्क हेर्ने ब्यवस्था गरिदिएको छ । फिल्म ओटीटी प्लेटफ़र्मका सब्सक्राइबर गर्ने र नगर्ने दुवै दर्शकले हेर्न पाउने भएका छन ।  'दिल बेचारा' हलिउड फिल्म 'द फल्ट इन अओर स्टारस' को  रिमेक हो । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार