• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

३० वर्षपछि फर्कियो लिभरपुलमा खुशी : जित्यो प्रिमियर लिगको उपाधी

काठमाडौं । सन् २०१५ बाट लिभरपुलको कमाण्ड सम्हालेका लिभरपुलका कोच जुर्गेन क्लोप र खेलाडीले यस पटकको प्रिमियर लिग आफ्नो पकडमा पारिरहेका थिए। 

 

कोच जुर्गेन क्लोपको नेतृत्वमा लिभरपुलले यस सिजनको सबै खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । अहिलेसम्म लिभरपुलले ३१ खेल खेल्दा २८ मा जीत र दुईमा बराबरी गरेको छ भने केवल एक खेलमा लिभरपुल पराजित भएको छ । लिभरपुलले अझै ७ खेल खेल्न बाँकी छ । तर उसले उपाधी माथि आफ्नो कब्जो जमाईसकेको छ ।

 

बिहीबार लिभरपुलको कसैसँग प्रतिस्पर्धा थिएन । तर पनि लिभरपुलका खेलाडी र दर्शक भने एक खेलको नतिजा कुरेर बसेका थिए । खेल चेल्सी र म्यानचेस्टर सिटी बीच भएपनि धेरै चासो भने लिभरपुल माथी थियो थियो । म्यानचेस्टर सिटी हार्ने बित्तिकै लिभरपुलको उपाधी पक्का हुने अवस्था थियो । ३० बर्ष सम्म उपाधी बिहिन भएको लिभरपुल उपाधीको बेग्र प्रतीक्षामा देखिन्थ्यो । 

 

च्याम्पियनसिपमा कब्जा जमाउन बिहीबार लिभरपुललाई केबल एक जीत आवश्यक थियो । तर बिहिबार म्यानचेस्टर सिटी २(१ ले हारेपछि उपाधी लिभरपुलको पोल्टामा परेको हो । कोरोनाको कारण भीड जम्मा हुन नपाउने नियम बिरुद्द लिभरपुलका फ्यानहरु ठाउँठाउँमा भेला भएर खुशीयाली मनाइरहेका छन् ।

 

लिभरपुलले १९ औं पटक इङ्गलिस प्रिमियर लिगको उपाधी जितिसकेको छ । तर १९८९–९० पछि उ पहिलो पटक च्याम्पियन बनेको हो । यो उपलब्धी हासिल गर्न उसलाई ३० वर्ष कुर्नुपर्यो । लिभरपुलले लिगमा ८६ अंक बटुलिसकेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा उ २३ अंकले अगाडि छ । इङ्गलिस प्रिमियर लिगमा दुई टिमबीच यति धेरै अन्तर यसअघि देखिएको थिएन। लिभरपुलले अझै ७ खेल खेल्न बाँकी रहदा नै उपाधि जित्न सक्नु पनि आफैंमा रेकर्ड हो । 

 

तर १९९३ बाट आधुनिक प्रिमियर लिग सुरुवात भएको थियो । त्यसयता लिभरपुलले पहिलो पटक उपाधी जितेको हो । आधुनिक लिग म्यानचेष्टर सिटीले सर्वाधिक १३ पटक जितेको छ भने चेल्सीले ५ पटक, म्यानचेष्टर सिटीले ४ पटक, आर्सनलले ३ पटक जितेका छन् । यस्तै ब्ल्याक रोभर्स लेस्टर सिटी र लिभरपुलले एक(एक पटक प्रिमियर लिग जितेका छन् ।

 

स्मरण रहोस इङ्गलिस फुटबल लिग सन् १८८८ मा सुरुवात भएयता भने युनाइटेडले सर्वाधिक २० पटक र लिभरपुलले १९ पटक लिग उपाधी जितेको छ । एजेन्सी
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार