• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

बुझे हुन्छ 

मुसाले बिरालोलाई जिस्क्यायो भने
मुसोले नजिकै दुलो देखिसके छ, बुझे हुन्छ 
नेताले धेरै राष्ट्र प्रेम देखायो भने 
कता लप्काइ सके छ, बुझे हुन्छ 

 

यता भ्रष्टाचारमा उ समातियो  
तर त्यो समाचार कतै छापिएन 
ठुलै पत्रकारले खाईसकेछ बुझे हुन्छ 

 

त्यसले त्यता जागिर पायो ?
कति बुझाए छ ? सोधे हुन्छ
उ उसको पनि सरुवा भयो ?
ठुलै मुठो बुझाए छ, सोध्नै परेन बुझे हुन्छ 

 

नया बिधेयक ल्याए कि सन्धि ल्याए ?
ल्याउनेले ठुलै मुख बाइ सकेछ बुझे हुन्छ 
सर्वसम्मत हुन सकेन रे हो ?
कुन चाहीँ लाई भाग पुगेन बुझे हुन्छ 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार