• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
मनोरञ्जन

यशराज ब्यानरको कारसँग ठोकियो अभिनेता गोविन्दाको कार

मुम्बई । बलिवुड अभिनेता गोविन्दाको कार दुर्घटना भएको छ । गोविन्दाको कारले यशराज फिल्मस्को कारलाई ठक्कर दिएको भारतीय संचारमाध्यहरुले जनाएका छन् । 

 

बुधबार साँझ उनको कार दुर्घटना भएको थियो भने कारमा गोविन्दाका छोरा यशवर्धन आहुजा र चालक सवार थिए । घटनापछि जुहु पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको छ।

 

दुर्घटनामा कोही घाइते भएका छैनन् भने दुबै गाडीमा सामान्य क्षति भएको छ । एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार