• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

बलिउडका चर्चित कोरियोग्राफर सरोज खान अस्पताल भर्ना

मुम्बई । बलिउडको चर्चित कोरियोग्राफर सरोज खानलाई मुंबईको एक अस्पतालमा भर्ना गरिएको छ । उनलाई  सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको हो । अस्पतालमा उनलाई कोरोनाको जाँच पनि गरिएको थियो । तर उनी कोरोनाबाट संक्रमित नभएको पुष्टि भएको छ । 

 

अस्पताल स्रोतका अनुसार उनको अवस्था चिन्ताजनक छैन। अस्पतालका प्रवक्ता भन्छन, 'सरोज जी लाई सास लिन निकै गाह्रो महसुस भएको थियो। यहाँ अस्पताल ल्याएपछि कोरोनाको टेस्ट गर्दा नेगेटिभ देखियो । तर उपचारको लागि अझै  एक दुईदिन उनलाई अस्पतालमा बस्नु पर्ने हुन्छ ।'

 

चारदशक लामो समय सरोज खानले दुई  हजारभन्दा धेरै गीतमा कोरियोग्राफि गरेकी छन । २२ नोभेम्बर १९४८ मा जन्मेकी खानले नृत्यबाट धेरै नायिका र नायकलाई स्थापित गर्न सहयोग गरेकी थिइन । 
 

सरोज खानले आफ्नो क्यारियरमा धेरै नै चर्चित गीतमा काम गरेकी छन । 'देवदास' को डोला रे डोला, माधुरी दीक्षित को 'तेजाब' फिल्मको गीत एक दो तीन उनले नै कोरियोग्राफ गरेकी हुन । 

 

७१ वर्षीय सरोज खानले कोरियोग्राफर गरेको अन्तिम फिल्म ुकलंकु हो । उनले तीनपटक राष्ट्रिय पुरस्कार पनि प्राप्त गरिसकेकी छिन् । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार