• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

सुनको मूल्यले फेरी नयाँ रेकर्ड

काठमाडौं । बुधबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । छापावाला सुन तोलाको ९१ हजार १ सय रुपैयाँमा किनबेच भइ सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

 

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

 

यसअघि सोमबार ९१ हजार रुपैयाँमा किनबेच भइ सुनको मूल्यले रेकर्ड बनाएको थियो । बुधबार तेजावी सुन प्रतितोला ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार