• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

‘नआत्तिनुहोस् ! हामी सिंगो हेटौंडाबासी सुष्माको पक्षमा छौं’

काठमाडौं । नेपालमा महिला हिंसाको डरलाग्दा रुप एकपछि अर्को गर्दै सार्वजनिक हुने क्रम रोकिएका छैनन् । नावालिक देखि किशोरी महिला र बृद्धहरु समेत हिंसाका शिकार भईरहेका छन् । जघन्य घटना हुँदा पनि पिडितले न्याय पाउँदैन । सिंगो प्रशासन पिडकलाई बचाउन लागि पर्छ । 

 

निर्मला हत्या काण्ड होस् या अहिले पछिल्लो समयमा भईरहेका हरेक अपराधिक घटनामा प्रशासन दोषीलाई कठघरामा उभ्याउनुको साटो उल्टै राजनीतिक आडमा दोषीलाई उन्मुक्ती दिईरहेको छ । पीडकलाई कारवाही हुन नसक्दा उनीहरुको झनै मनोवल बढेको छ । पछिल्लो दिनहरुमा यो क्रम झनै भयावह बन्दै गईरहेको छ । 

 

कपिलवस्तु कि छोरी हेटौंडा कि बुहारी सुष्मा थापाको गत असार २ गते राती हेटौंडा ४ गर्दोइमा आफ्नै घरको भान्सा कोठामा जसरी बीभत्स हत्या भएको छ यसको सम्पूर्ण विवरण प्रहरीबाट सार्वजनिक भईनसके पनि लासको प्रकृतिबाट नै सिङ्गो हेटौंडा बासीले यो हत्या हो भनेर बुझेका छन् ।  

 

हामी सबैको घर घरमा छोरी छ । यो घटनाले कसैको छोरी कुनै घरमा सुरक्षित छैन भनेर त्रसित र भयभित बनाएको छ ।  कपिलबस्तुका माइती पक्षहरु धेरै नै चिन्तित हुनुहुन्छ निश्चित पनि तपाईहरुको काखमा हुर्किएकी तपाईहरुको मुटुको टुक्रा प्यारी छोरी सुष्मालाई हामी हेटौंडा बासी फर्काउन त सक्दैनौ । तर यदि सबैले अनुमान गरेजस्तो घर परिवारबाट वा वहाँहरु कै योजनामा यो हत्या गरिएको हो भने अपराधीको पक्षमा कुनै हेटौंडाबासी हुनेछैन । 

 

प्रहरी गहिरो र मेहिनतका साथ अनुसन्धानमा लागेको छ र घटनाको जरो खोतलेर ल्याउँछ भन्ने पर्खाइमा हामी छौ । छोरी त गुम्यो कहि अपराधी पनि उम्किने हुन कि भनेर थप दुखी नबन्नुस हामी सिङ्गो हेटौंडा पीडितका पक्षमा उभिएका छौ ।  

 

हुन त  घटनै नहुने घटना घटयो । उनको जीवनलिला समाप्त भयो भन्ने सुन्दा पनि मृत्यु नै छान्दा बरु आत्महत्या भईदियोस । यो नियोजित हत्या सुन्न हामी सबैलाई अत्यन्तै कठिन भएको छ ।  एउटा एकल महिला मुटुभरी पति बियोगको पिडा बोकेर आफ्नो घर भनेर सम्पूर्ण सुरक्षाको प्रत्याभूती महसुस गरि आमाबुवाको काख छोडेर छोरीले घर गरेर खानुपर्छ भनेर बिरक्ती र पीडा सहित माइती फर्कने दिन कुरेकर बसेकी बुहारी घरभित्र बीभत्स हत्याको शिकार हुन्छे ।  

 

उसको बाच्न पाउने अधिकार कुत्सित आर्थिक प्रलोभनमा सदासदाको लागि खोसिन्छ भने यो महाअपराध हाम्रो अति संवेदनशील मानवियतालाई असहय भएको छ । सृष्टि कि जननी मातृ शक्ति माथीको यो सर्वत्र हिंसा बलात्कार हत्याको घटनाले हामीलाई छिया छिया पारेका छ । 

 

सुष्मा हाम्रो पनि छोरी हो। हामी सबैको घरमा छोरी छ। यसरी दिनहुँ सुष्माहरुको हत्या घरभित्र हुन थालेपछि हामीले छोरी कसरी जोगाउने । यो घटनाको नालीबेली सत्यतथ्य कुराको हामी प्रतिक्षामा छौं । सुष्माका आमाबुबा र माइत पक्ष हामीलाई बिश्वास गर्नुस घटनाको कारण, कसरी हत्या गरियो, को को संलग्न छन सबै बिस्तृत कुरा आओस भनेर हामी पनि प्रहरीको अनुसन्धान पछिको घटना विवरणको स पर्खाइमा छौं । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार