• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

तल झर्दै सुनको मुल्य 

काठमाडौं । सोमबार अहिलेसम्मै महंगो भएको सुनको मूल्य मंगलबार भने तोलामा ४ सय रुपैयाँ घटेको छ ।

 

मंगलबार सुन तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य तोलामा ९१ हजार रुपैयाँ पुगेको थियो ।

 

आइतबार पनि सुन तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । मंगलबार चाँदी तोलाको १० रुपैयाँ घटेर ९ सय ४० रुपैयाँ कायम भएको छ । चाँदी सोमबार तोलाको ९ सय ५० रुपयाँ थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार