• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

बिना दर्शक सुरु भएको युरोपियन फुटबल लिग

काठमाडौं । कोरोना भाइरसले ल्याएको संकटको कारण बन्द भएको फुटबल गतिविधि युरोपमा बिस्तारै सुरु हुन थालेको छ ।  स्वास्थ्य र सुरक्षाको कडा तयारीका साथ सुरु भएको यी खेल हेर्न दर्शकहरु स्टेडियमसम्म भने जान पाएका छैनन् । 

 

दर्शक बिना खेलहरु सुचारु गर्ने प्रयास सफल भएको आयोजकहरु बताउँछन् र अवस्था सुधार हुँदै गए केहि समयमा दर्शकलाई पनि समावेश गर्न सकिने धारणा राखेका छन ।नेपाली समय अनुसार गत राती भएको खेलपछी रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । रियल सोसिडाडलाई २-१ गोलले पराजित गरेपछि रियल शीर्ष स्थानमा उक्लिएको छ । रियलका लागि जीत दिलाउन सर्जियो रामोस र करिम बेन्जिमाले गोल गरेका थिए । 

 

अंक तालिकामा रियलको ३० खेलबाट ६५ अंक भएको छ भने दोस्रोमा रहेको बार्सिलोनाको पनि समान ६५ अंकमा छ । दुबैको समान अंक रहेपनि गोल अन्तरलले भने बार्सिलोना अघि छ । तर रियल म्याड्रिड हेड टु हेडको आधारमा शीर्ष स्थानमा उक्लिएको हो किनभने ला लिगामा हेड टु हेडलाई अंक तालिकामा पहिलो प्राथमिकतामा राख्ने नियम छ ।

 

ला लिगा अब रोमान्चक पनि बन्दै गएको छ । रियलले बाँकी रहेका ८ खेलमा जीत हात पारे रियलले ला लिगाको उपाधि जित्ने पक्का छ । यो अवस्थामा बार्सिलोनाले सबै खेलमा जीत हात पारे पनि फरक पर्ने छैन । तर रियलले अंक गुमाएको अवस्थामा भने बार्सिलोनाको सम्भावना बाँकी नै रहने छ । त्यस्तै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा रियल भालडोलिड माथि कठिन जीत निकालेर एट्लेटिको तेस्रो स्थानमा उक्लिएको हो । 

 

यस्तै अर्कोतर्फ इंग्लिस प्रिमियर लिगमा एभर्टनले लिभरपुरलाई गोल रहित बराबरीमा रोकेको हो । बराबरीसँगै लिभरपुललाई अब उपाधी जित्न पाँच अंकको खाँचो भएको छ । आज अंक तालिकाको दोस्रो स्थानको म्यानचेस्टर सिटीले वर्नलीसँग खेल्दैछ र यो खेलमा सिटीले अंक गुमाए मात्र लिभरपुलले आगामी बुधबार उपाधी जित्न सक्नेछ । तर सिटीले जित हात पारेको अवस्थामा भने लिभरपुलले उपाधी जित्न अझ केहि दिन पर्खनु पर्नेछ। अर्को खेलमा पुलिसिक र जिरुडले गरेको गोलले चेल्सीलाई एस्टन भिल्ला बिरुद्द २-१ गोलले पराजित गर्न सकेको छ ।

 

त्यस्तै  शनिबार भएको खेलमा इंग्लिस प्रिमियर लिगमा रेलिगेसनबाट बच्न संघर्षरत गरिरहेको ब्राइटनले आर्सनल माथि रोमाञ्चक जीत हात पारेको थियो । ब्राइटनले आर्नसललाई २-१ गोलले पराजित गरेको हो। अन्तिम समयसम्म १-१ गोलको बराबरीमा रहेको खेलमा ब्राइटनका पाउपेले निर्णायक गोल गरेका थिए ।

 

त्यस्तै इटालियन सिरि 'ए' मा इन्टर मिलानले जीत हात पारेको छ । इन्टरले आइतबार राती भएको खेलमा साम्पडोरियालाई २-१ गोलले पराजित गर्न सफल भयो । इन्टरका लागि पहिलो गोल रोमेलु लुकाकुले गरे र गोल गरेपछि उनले घुँडा टेकेर 'ब्ल्याक लाइफ म्याटर' अभियानलाई साथ दिएका थिए । इन्टरका लागि दोस्रो गोल मार्टिनेजले खेलेको ३३ मिनेटमा गरेका थिए । एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार