• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

बलिउड नायिकाहरुले दिए अन्तर्राष्ट्रिय योग दिवसको शुभकामना

मुम्बई । आज २१ जून  योग दिवस । आज दुनियाँभर मानिसहरु योगको मार्फतबाट आफु कसरी खुशी, स्वस्थ र शान्त रहने भन्ने शिक्षा पाएका छन । 

 

अहिलेको समयमा सानो ठुलो सबै जनाको प्रमुख हिस्सा बनेको छ योग । आज योग दिवसको अवसरमा मानिसहरु बिहानै उठेर आफ्नो कार्यतालिका अनुसार योग सुरु गरेका थिए । त्यस्तै उनीहरुले आफ्नो सामाजिक सञ्जालमा योग गर्दै गरेको फोटो र भिडियो शेयर गरि सबैलाई योग गर्न प्रेरित गरेका छन ।  

 

बलिउडका अभिनेत्री तथा अन्य कलाकारले पनि योग गरेको तस्वीर र भिडियो सामाजिक सञ्जालमा राखेका छन । बिपासा बसु, शिल्पा शेट्टी, मलाइका अरोड़ा लगाएत कलाकारहरुले अन्य बेला पनि योगबारे सचेतना फैलाई रहेका हुन्छन। उनीहरु योग गर्ने कलाकारको रुपमा पनि चिनिन्छन ।

 

आज अंतरराष्ट्रिय योग दिवसको दिन यी नायिकाहरुले सामाजिक सञ्जालमा आफना फ्यानलाई बधाई दिदै योगको फाइदाबारे प्रकाश पारे। विपासा बसुले सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्, 'तपाईहरु सबैलाई अंतरराष्ट्रिय योग दिवसको शुभकामना। हार्वर्डको नयाँ अध्ययन अनुसार योगको माध्यमबाट तनाब मुक्त हुन धेरै सजिलो हुन्छ । म त हरेक दिन योग गर्छु।' 

 

कोरोनाले ल्याएको संकटको बेला योगको महत्व अझ धेरै बढेको छ । यसले रोगसँग लड्न  शक्ति दिने र मानसिक अवस्था मजबुद राख्ने बिश्वास बलिउड कलाकारले आफ्नो सामाजिक सञ्जालमा व्यक्त गरेका छन । उनीहरुले योग मार्फत आफु फिट भएको भन्दै अरुलाई पनि योग गर्न आग्रह गरेका छन । 

 

बिपाशा बसु, शिल्पा शेट्टी, मलाइका अरोड़ा मात्र होइन आलिया भट्ट, करिना कपुर, सोनम कपुर, दिपिका पादुकोण, ज्याक्लिन फर्नान्डेज पनि निरन्तर योग गर्ने गर्छन । एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार