• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
मनोरञ्जन

सलमान खानको अपिल 'यो मुश्किल समयमा सुशांतको फ्यान र परिवारलाई साथ दिउँ'

मुम्बई । कलाकार सुशांत सिंह राजपूतको आत्महत्याको कारण भएको निधन पछि अहिले पुरा बलिउड शोकमग्न छ । एकतर्फ यी कलाकारको निधनले दुख व्यक्त गरेका छन भने अर्को बलिउडमाथि निशाना पनि लागेको छ । 

 

बलिउडले सामान्य परिवारबाट आएको वा बलिउडको दबदबा रहेको परिवार भन्दा बाहिरको मान्छेलाई भेदभाव गर्ने हुँदा सुशान्त जस्तो कलाकार आत्महत्या गर्न बाध्य पारेको आरोप छ। यस्तो आरोप र ट्रोलको सामाना अहिले बलिउड नायक सलमान खान पनि भोग्नु परेको छ । 

 

यसै बिषयमा सलमान खानले आफ्नो सामाजिक संजाल मार्फत आफ्ना फ्यानलाई अपिल गरेका छन । उनले  ट्वीट गर्दै सबैलाई सुशांतको परिवारलाइ साथ दिन अपिल गरेका छन । उनले ट्वीटमा भने, 'म आफ्नो सबै फ्यानलाई अनुरोध गर्छु कि अहिले सबैजना सुशांतको फ्यानको पक्षमा बसौं र कुनै पनि गलत भाषाको प्रयोग नगरौं । उनीहरुको भावनालाई बुझ्ने कोसिस गरौँ । यो संकटको समयमा सुशांतको परिवारको सहारा बनौं । कसैको आफ्नो मान्छे यो संसारमा नहुनु सार्है दुख लाग्दो कुरा हो।' 

 

सलमान खानलाई पछिल्लो केहि समयदेखि बिभिन्न आरोप लाग्दै आएको छ। 'दबंग' डायरेक्टर अभिनव कश्यपले लगातार सलमान खान र उनको परिवारलाई बिभिन्न आरोप लगाएका छन। उनले सलमानले आफ्नो क्यारियर बर्वाद गरेको भनी प्रस्ट रुपमा भनेका छन भने गायक सोनू निगमले इशारा गर्दै गायकलाई कमजोर बनाएको आरोप सलमान खानलाई लगाएका छन । 

 

१४ जून मा कलाकार सुशांत सिंह राजपूतको मुंबईको आफ्नो घरमा आत्महत्या कारण मृत्यु भएपछि पुलिसले जांच गरेको छ र लगातार बिभिन्न व्यक्तिलाई पुछताछ गरिरहेको छ । अहिलेसम्म १५ जनाको बयान रेकर्ड गरिएको जानकारी मुम्बई पुलिसले दिएको छ । एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार