• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

बढ्यो सुन, तोलाको ९० हजार ६ सय

काठमाडौं । सुनचाँदीको मूल्य लगातार बढ्न थालेको छ । आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ७ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

 

शुक्रबार ८९ हजार ९ सयमा कारोबार भएको छापावाला सुन आइतबार ६ सयले बढेर ९० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आइतबार प्रतितोलामा १० रुपैयाँले बढेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार