• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

लगानी बोर्डको सीईओ नियुक्तिका लागि आवेदन खुल्यो

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न प्रक्रिया सुरु गरिएको छ ।  गत चैतबाट रिक्त बोर्डको सीईओ नियुक्तिका लागि १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने बोर्डले जनाएको छ । बोर्डका तत्कालिन सीईओ महाप्रसाद अधिकारीलाई सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेपछि बोर्डको सीईओ पद रिक्त थियो ।

 

रिक्त सीईओ पदपुर्तिका प्रतिस्पर्दाका आधारमा नियुक्त गर्ने भन्दै सरकारले सार्वजनिक सूचना निकाल्दै दरखास्त आह्वान गरेको छ । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुन अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र, औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्छ ।

 

आजको मितिबाट १५ दिनभित्र योग्यता पुगेकाले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको पदपुर्ति सिफारिस समितिको सचिवालयमा निवेदन पेश गर्नुपर्नेछ । उक्त पेश गरिएको निवेदनबाट समितिले ३ जनाको नाम सरकारलाई सिफारिस गर्ने र मन्त्रिपरिषद् बैठकले एक जनालाई लगानी बोर्डको सीईओमा नियुक्त गर्नेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार