• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

लकडाउन खुकुलो बनाउन तीनवटा मोडालिटी

काठमाडौं ।  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले लकडाउन खुकुलो बनाउन तीन फरक मोडालिटी ९ढाँचा० लाई अन्तिम रूप दिएको छ । असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र सुरक्षालाई मुख्य आधार बनाएर लकडाउनलाई व्यवस्थित र सहजीकरण गर्न यस्तो विकल्प सुझाइएको हो ।

 

मन्त्रिपरिषद्को चैत १६ को निर्णयअनुसार गठित सीसीएमसीले प्रधानसेनापति पूर्णचन्द्र थापा र मुख्य सचिव लोकदर्शन रेग्मीसमक्ष ढाँचा पेस गरेको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव संयोजक रहेको सीसीएमसीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य, शान्ति सुरक्षा, आपूर्ति र सूचनासहित चार क्षेत्रमा काम गर्छ । जसमध्ये शान्ति सुरक्षाको क्षेत्रमा सेनालाई नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।

 

लकडाउनलाई खुकुलो बनाउने विषय शान्ति सुरक्षाअन्तर्गत भएकाले सेनाले यसलाई मुख्य चासो दिएको हो । ‘यही ढाँचा ठीक हुन्छ भन्दा पनि हामीले तीन फरक मोडालिटी तयार पारेर बुझाएका छौं,’ सीसीएमसी स्रोतले भन्यो, ‘अब उनीहरूले यसलाई हेरेर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिमा पेस गर्नेछन् ।’

 

दोस्रो मोडालिटी कलर जोन ९रङ क्षेत्र० का आधारमा तयार गरिएको छ । मुलुकभर कोरोना भाइरस संक्रमणको अवस्था हेरी रङका आधारमा विभाजन गर्ने र रङअनुसार लकडाउन खुकुलो बनाउँदै जाने भनिएको छ । प्रभावित क्षेत्रका आधारमा रातो, पहेँलो र सुन्तला वा एम्बर रङमा विभाजन गर्ने प्रस्ताव गरिएको छ । अति प्रभावित क्षेत्रलाई रातो, प्रभावितलाई पहेँलो र कम प्रभावितलाई एम्बर वा सुन्तला रङको संज्ञा दिइनेछ ।

 

सीसीएमसीमा प्रस्ताव गरिएको तेस्रो मोडालिटीमा जनताको आवश्यकताअनुसार कुन–कुन क्षेत्र तत्काल आवश्यक छ र कुन–कुन क्षेत्र पछि खुलाउँदा पनि हुन्छ, सोही आधारमा लकडाउन खुकुलो बनाउने उल्लेख छ । कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार