• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

बारामा थप ७ जनामा कोरोना पुष्टि

राहुल गुप्ता, बारा। बाराको आर्दश कोतवाल गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेका सात जनामा कोरोना संक्रमण  पुष्टि भएको छ। 

 

वडा नम्बर ४ मा १२, १३ वर्ष  ५ मा २८, ३० वर्ष र  ८ मा २०, २८, ३० व्यक्तिहरुमा कोरोना देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ। ५४ जनामा पीसीआर चेक गरिएको र ती मध्य ७ जनामा कोरोना देखिएको जनाइएको थियो। सबैजना भारतको बिभिन्न ठाउँबाट रोजगारीको सिलसिलाबाट नेपाल फर्केका थिए।

 

सबैलाई आर्दश कोतवाल गाउँपालिका वार्ड नम्बर १ श्री राम चरित्र मावीको आइसोलेसनमा राखी उपचार भईरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।  सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार