• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
स्वास्थ्य

कोरोनाबाट थप एकजनाको मृत्यु, मृतकको संख्या १० पुग्यो

काठमाडौं । कोरोना भाइरसबाट आज थप एकजना मृत्यु भएको छ ।  

 

२० गते मृत्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। 

 

युवकको बिहान सवा २ बजेतिर मृत्यु भएको जनाइएको छ । क्वारेन्टिनमा बसेका बेला स्वास्थ्यमा समस्या भएपछि उनलाई पाल्पास्थित मिसन अस्पतालमा भर्ना गरिएको थियो। 

 

उनी यही जेठ ९ गते भारतको मुम्बईबाट आएका थिए । बुधबार साढे ४ बजे आरडिटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो। पुरूषमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो।  यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार