• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

नेपालमा ३३४ कोरोना संक्रमित थपिए, संक्रमित संख्या २६३४, २ सय ९० डिस्चार्ज

काठमाडौं । आज बिहिवार कोरोना भाइरसका ३३४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३३४ संक्रमित थपिएका छन् ।

 

यो सँगै देशभर कोरोना संक्रमितको संख्या दुई हजार ६३४ पुगेको छ । जसमा  दुई हजार ४५० पुरुष रहेका छन् भने १३४ महिला छन् । हालसम्म देशभर पीसीआर विधिबाट ८४ हजार १३४ जनाको कोरोना परीक्षण गरिएको छ ।

 

त्यसैगरी एक लाख २५ हजार ५६४ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ । देशभरका विभिन्‍न अस्पतालका आइसोलेनसमा दुई हजार ३३५ कोरोना संक्रमितको उपचार भइरहेको छ । 

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा तीन हजार ८६७ वटा नमुना संकलन गरेर परीक्षण गरिएको उनले जानकारी दिए । १ लाख ६१ हजार २६२ जना आज क्वारेन्टाइनमा रहेका छन् । 

 

देशभरका विभिन्‍न अस्पतालबाट २९० जना कोरोना संक्रमित उपचारपछि  डिस्चार्ज भएका छन् । जसमध्ये २३४ पुरुष रहेका छन् भने ५६ जना महिला रहेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार