• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

मैले 'पाताललोक' बारे फरक र नयाँ बिचारलाई पछ्याएको छु : अनुष्का शर्मा

मुम्बई । अनुष्का शर्माले वेब उत्पादनमा कदम चाल्दै वेब सिरिज 'पाताललोक' निर्माण गरिन जसले उत्साहजनक प्रतिक्रिया प्राप्त गर्‍यो । सिर्जनात्मक व्यक्तित्व भएकी अनुष्काले यसै सन्दर्भमा आफुलाई फरक, प्रगतिशील र चली आएको भन्दा फरक बिषयमा काम गर्न मन पर्ने बताएकी छन । 

 

निर्माताको रुपमा उनलाई अति सम्बेदनशील बिषयबस्तुमा काम गर्न डर लाग्दैन जुन उनले आफ्नो २०१५ मा बनाएको फिल्म 'एनएच १०' बाट प्रमाणित गरिसकेकी छन । त्यसपछि उनले 'परी' नामक फिल्म पनि निर्माण गरिन । यस अबस्थामा अपराध र राजनीति भित्र लुकेको बिषयबस्तुलाई बाहिर लिएर आउनु कुनै अपत्यारिलो कुरा भएन । 

 

पत्रकारसँगको कुराकानीमा उनले भनेकी छिन् कि ,'म सधै हाम्रो आसपास हुने फरक किसिमका घटनाबाट आकर्षित  हुने गरेको छु । म ती कथालाई प्रस्तुत गर्न चाहन्थें । मेरो भाइ कर्नेश र मैले सधै फिल्मको बिषयबस्तु नै सबैकुरा हो भन्ने ठान्थ्यौं ।' निर्माता र सिर्जनात्मक व्यक्तिका हिसाबले फरक, प्रगतिशील र नयाँ शैलीमा बनेको पाताललोक जस्तो सिरिजमा काम गर्नु उत्साहजनक थियो । 

 

उनले हरेक प्रोजेक्टमा काम गर्न त्यसको कथाबस्तु र त्यसले बोक्ने  बिचारले आकर्षित गर्ने बिचार व्यक्त गरिन । उनले  भनिन,  'मैले लगानी गरेका फिल्महरु फरक र चलिआएका भन्दा नयाँ सोचले भरिएका छन जसले हामीलाई आकर्षित गर्न सक्छ ।' 

 

३२ बर्षीय यी नायिका आफु निर्माता हुँदा थप जिम्मेवारी महसुस हुने बताउँछिन । उनले भनिन्, 'म हरेक प्रोजेक्टमा सुरु देखि अन्तिमसम्म नै हुन्छु ।  अन्य कामले गर्दा सधै भौतिक रुपमा नहुन सक्छु तर मेरो सहभागिता सबैमा रहेको हुन्छ ।'

 

अहिले लकडाउनको बेला यी नायिका तथा निर्माता आफ्नो श्रीमान खेलाडी बिराट कोहली  र परिवारसँग मुम्बईमा छिन ।  'पाताललोक' मा काम गर्नु उनको लागि संसारको बारे अझ सचेत हुने र बुझ्ने अबसर मिलेको धारणा छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार