• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

कोरोना प्रभाव : ब्राजिलमा अवस्था नाजुक, २४ घन्टामा १३४९ मृत्यु

ब्राजिल । ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब ६ लाख मानिस संक्रमित भएका छन भने ३२ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ। बिज्ञहरुका अनुसार ब्राजिलमा कयौं मानिसको मृत्युको दर्ता नभएको हुनसक्ने हुँदा तथ्यांकमा अझै मृतकको संख्या बढ़ने आकलण गरिएको छ । 

 

अमेरिका जस्तो बिकसित देशमा विडम्बनापूर्ण तरिकाले तहसनहस पारेको कोरोना भाइरसले ल्याटिन अमेरिकी देशमा आफ्नो कहर बढाएको छ । ब्राजिलमा कोरोना देखिएसंगै बढेको संक्रमण रोकिएको छैन भने  परिस्थिति झन नाजुक हुँदै गएको छ । पछिल्लो २४ घन्टामा १३४९ मानिसको मृत्यु सगै अब कोरोनाले ब्राजिलमा ठुलो रुप लिएको छ। 

 

ब्राजिलमा मे महिना भरि कोरोना बढिरहेको थियो । करिब ६ लाख मानिस कोरोनाले गर्दा पिडित भएको बेला हरेक दिन करिब २० हजार मानिसमा यस रोगको संक्रमण देखिएको थियो। ब्राजिलमा काम गरिरहेका बिभिन्न विज्ञहरुले  दर्ता गरिएको वा देखाइएको संख्याभन्दा धेरै मानिस मरिसकेको भनी चिन्ता व्यक्त गरेका छन् ।  

 

उता अमेरिकामा पनि लगातार कोरोनाको तथ्यांक बढिरहेको छ। अहिलेसम्म अमेरिकामा १९ लाख मानिसलाई कोरोनाले पिडित बनाएको छ भने एक लाख दश हजार मानिस मरिसकेको बताइएको छ । अमेरिकामा बढ्दै गएको प्रदर्शनले कोरोना अझै बढ्ने सम्भावना देखिन्छ ।  

 

पुरै बिश्वभरिको कुरा गर्दा अहिलेसम्म अमेरिका, रूस, ब्राजिल र भारतमा यो भाइरस एकदम चाडो देखिएको थियो। यी चार देशमा हरेक दिन पचास हजारभन्दा धेरै संक्रमित बढिरहेको छ । अहिलेसम्म कोरोनाको चपेटामा परि करिब ४ लाखको मृत्यु भएको छ भने ६४ लाख मानिस पिडित  छन । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार