• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

क्वारेन्टिनमा बसेर घर फर्केका युवकको मृत्यु

सुर्खेत । सुर्खेत स्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर फर्केका एक युवकको मृत्यु भएको छ। पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो।

 

उनी यही जेठ ९ गते भारतको मुम्बईबाट आएका थिए । बुधबार साढे ४ बजे आरडिटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो। उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको छ।उनमा स्वाब परीक्षणको नतिजापछि मात्रै शव दाहसंस्कारको टुङ्गो लाग्नेछ।

 

युवकको बिहान सवा २ बजेतिर मृत्यु भएको जनाइएको छ ।  जनता मावि विद्यापुरको क्वारेन्टाइनमा उनीसहित ५४ जना थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार