• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

 ‘स्वास्थ्य संकटकाल’ घोषणाको तयारी, मन्त्रिपरिषदमा लगिँदै 

काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषदमा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ इमर्जेन्सी’ घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लग्ने निर्णय गरेको छ ।

 

बैठकको निर्णयको २ नम्बर बुँदामा मा २ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएकोले । संक्रामक रोग ऐन २०२० अन्तर्गत् हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने उल्लेख गरिएको छ । मन्त्रालयको निर्णय उच्चस्तरीय समन्वय समिति र मन्त्रिपरिषद बैठकमा लैजाने तयारी भएको छ ।

 

कोरोना संक्रमण बढ्दै गएकाले यस्तो प्रस्ताव लैजाने निर्णय गरेको मन्त्रालयले जनाएको छ । संक्रमणको दर बढ्दै गएका कारण क्वारेन्टाइन, अस्पतालको बेड, लजिस्टिक र जनशक्ति नपुग हुने भएकाले संकटकाल घोषणा गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

 

संक्रामक रोग ऐन २०२० को दफा २ मा  नेपालभर या देशको कुनै भागको मानिसमा कुनै संक्रामक रोग फैलिने देखिएमा नेपाल सरकारले सो रोग रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिहरुको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था छ ।

 

सोही ऐनलाई टेकेर हेल्थ इमर्जेन्सी घोषणा गर्ने प्रस्ताव गरेको र उक्त प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय भएको मन्त्रालयका इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा। गुणराज लोहनीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार