• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

सरकारले थप्यो कर तिर्ने अवधि, अब असार ७ सम्म तिरे हुने 

काठमाडौं । सरकारले कर तिर्ने समयावधी बढाएको छ । अब असार ७ सम्म सर्वसाधारण तथा व्यवसायीले कर तिरे हुनेछ ।

 

सोमबारमात्र आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै जेठ २५ भित्र कर तथा कर विवरण नबुझाएमा शूल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने चेतावनी दिएको थियो । तर सर्वसाधारण व्यवसायीदेखि सांसदहरुले सरकारको यो निर्णयको बिरोध गरेका थिए । 

 

सरकारले जेठ ३२ गतेसम्म लकडाउन गर्ने घोषणा गरेको छ। विभागले असार ७ गतेसम्म कर तिर्न अर्को सूचना जारी गरेको छ। आयकरको अनुमानित विवरण र चैतसम्मको कर असार १५ गतेसम्म तिर्न भनेको छ। मूल्य अभिबृद्धि कर, अन्त शुल्क र बाँकी आय कर असार ७ सम्म तिरिसक्न भनेको छ।

 

यसबाहेक फाुगन र चैतको शिक्षा सेवा शूल्क, टेलिफोन स्वामित्व शूल्क र दुरसञ्चार सेवा दस्तुर असार ७ सम्मै बुझाउनुपर्ने छ । लकडाउनका कारण करदाता कर कार्यालय र बैंकसम्म जान सक्ने अवस्था छैन । निजीक्षेत्रका प्रतिनिधि कर तिर्ने समयावधी बढाउन केही समय अघि अर्थ सचिव शिशिर कुमार ढुंगानाकोमा दबाब दिन पुगेका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार