• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

लकडाउनको मोडालिटी परिवर्तन बारे प्रधानमन्त्री ओलीको विज्ञहरुसँग छलफल 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञसँग छलफल गर्दैछन् ।

 

नेपालमा कोरोनाको अवस्था, अहिलेसम्मको तयारी, अब चाल्नुपर्ने कदम, लकडाउनको मोडालिटी लगायतका विषयमा प्रधानमन्त्रीले बुधबार दिउँसो ४ बजे विज्ञहरुसँग छलफल गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

 

छलफलमा आर्थिक, योजना, जनस्वास्थ्य, चिकित्सा, नर्सिङ, निजी क्षेत्र लगायत क्षेत्रका झण्डै ३० जना विज्ञ तथा प्रतिनिधिलाई बोलाइएको छ ।

 

एकातिर कोरोना संक्रमित बढ्दै गएको र अर्कोतर्फ लकडाउन खोल्नुपर्ने माग उठिरहेका बेला प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार