• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
मनोरञ्जन

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि भुवन, दयाराम र राजेश बिच भिडन्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीनजनाको नाम सिफारिस गरेको छ । मन्त्रालयमा दरखास्त दिनेमध्ये तीनजनाको नाम मन्त्रिपरिषद्ले सिफारिस गरेको हो । भुवन केसी, दयाराम दाहाल र राजेश थापाको नाम मन्त्रालयले सिफारिस गरेको  स्रोतले बताएको छ । 

 

भुवन केसी, दयाराम दाहाल राजेश थापा, भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डङ्गोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र दीपक श्रेष्ठले अध्यक्ष पदको लागी आवेदन दिएका थिए ।

 

१० जनाको आवेदन परेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । अब बस्ने मन्त्रिपरिषद बैठकले बोर्ड अध्यक्ष चयन गर्ने जनाइएको छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार