• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

कविता : दृष्टि

कविता

रातो रंग रुचाउनेहरुले
अस्तित्व नहेरी
परिणाम खोज्न आतुर
चिसा तराजुको ढकहरु जस्ता
छटक, पाउ, किलो, धार्नीका
मुटुहरु जोख्छन्
तर 
पसिना बुझ्दैनन् ।

 

ज्वाला सल्काउनेहरुले
भोली देख्दै नदेखी
हिलोमा लत्पतिएका भाग्यहरु
कुल्चिँदा कुल्चिँदा
लेफ्ट, राइट गर्ने बुटहरुले
अमेट दाग लगाउँछन्
तर
आँसु पुछ्दैनन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार