• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
राजनीति

कोरोनाले देशमा विकराल स्थिति सिर्जना गर्दैछ : राप्रपा (बिज्ञप्ति सहित)

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि दुई महिना वितिसक्दा पनि नेपाल सरकारले अपनाउनु पर्ने अन्य कार्य योजना र व्यवस्थापन पक्षलाई उपेक्षा गरेकोले कोरोना संक्रमणले देशमा विकराल स्थिति सिर्जना गरेको ठहर गरेको छ ।

 

राप्रपाका तीनै अध्यक्ष पशुपतिशमशेर राणा, कमल थापा र डा.प्रकाशचन्द्र लोहनीले लकडाउनको समयको उपयोग गरेर नेपाल सरकारले कोरोनाविरुद्ध औषधी उपलब्धी, भण्डारण र व्यवस्थापनमा लापरवाही गरेको भन्दै औषधी खरिदमा भएको भ्रष्टाचारलाई पनि छोप्ने प्रयासले जनतामा निरासा र आक्रोश दुवै बढेर गएको बताएका छन् ।

 

आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष त्रय भनेका छन् कि, कोरोना नियन्त्रणको ठूलो जिम्मा स्थानीय तहमा दिएपनि यसबारे साधन, श्रोत र स्पष्ट मार्गनिर्देशनको अभावमा स्थानीय सरकारहरुले प्रभावकारी काम गर्न नसक्दा रोगको समयमा पनि स्थानीय निकायहरु दलगत राजनीति भन्दा माथि उठ्न नसकेको जनाएको छ ।

 

त्यस्तै, 'कोरोना पीडित ज्यालादारी मजदुर र सेवा क्षेत्रमा लागेका हजारौ व्यक्तिहरु आम्दानी विहिन भएका छन्। उनीहरुलाई प्रभावकारी रुपमा न राहतको व्यवस्था छ न आफ्नो गाउँमा जानको लागि कुनै सहयोग छ । हजारौ परिवार विचल्लीमा छन् र भोकभोकै रहने स्थिति छ तर सरकार किंकर्तब्यविमुख रहेको छ । भारतबाट हजारौको संख्यामा नेपालीहरु देशमा आउँदैछन् । उनीहरुको स्वास्थ्य स्थितिबारे साधारण अनुगमन गर्न पनि राज्य असफल हुँदैछ । उनीहरु ग्रामीण क्षेत्रमा पुग्दा त्यसबाट कोरोना गाउँ–गाउँमा फैलिने सम्भावनाबारे राज्य आफ्नो जिम्मेवारीबाट पन्छिएको देखिन्छ । यो भनेको सरकार नहुनुको स्थिति हो ।’

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार