• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

ट्रम्पले सैनिक प्रयोग गर्ने चेतावनी प्रति पेन्टागन अधिकारीको असन्तुष्टि

अमेरिका। अमेरिकामा गत हप्ता प्रहरीले एक अश्वेत नागरिक जर्ज फ्लोइडलाई सार्वजनिक स्थानमा घाटी थिचेर मारेको बिरोधमा अमेरिकाको सबै राज्य अहिले कोलहाल बनेको छ।

 

निर्दोष एवं हात हातियार बिहिन उनको हत्या नौलो होइन । अमेरिकामा अश्वेत जातीलाई दुर्व्यवहार र हत्या गरिने क्रम पटक पटक भईरहेको छ । त्यो विरोधले हिंसात्मक रुप लिएको छ।

 

यसै क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदेश सरकार र गभर्नर कमजोर भएको र हिँसा रोक्न नसकेको आरोप लगाएका छन । उनले सोमबार पत्रकार सम्मेलनमा गरी यदी समयमा नै हिँसा रोक्न नसके आफुले शक्ति प्रयोग गरि सैनिक लगाउने चेतावनी दिएका छन ।
 

अमेरिकाको सैनिक मुख्यालय पेन्टागनका केहि अधिकारिले भने यस किसिमको कदमको बिरोध एवं असन्तुष्टि व्यक्त गरेका छन । उनीहरुले अझै सैनिक बोलाउने अवस्था नआएको र प्रदेश सरकारले आग्रह नगरेसम्म सैनिकलाई परिचालन गर्न नमिल्ने बताएका छन । एक सुरक्षा अधिकारीका अनुसार अमेरिकाको इतिहासमा नै सबैभन्दा धेरै प्रहरी परिचालन गरिएको छ । सन २००५ मा आएको कट्रिना हुरिकेनमा भन्दा धेरै प्रहरी परिचालन हुनुलाई धेरैले बिरोध गरेका छन । 

 

आर्मी मेजर जेनरल थोमस कार्डन पत्रकार सम्मेलनमा भने, 'हामी काम गर्न खुशी छौं । तर यो समय देशको निम्ति राम्रो गर्ने बेला हो ।' उनले आफ्नो ३४ बर्ष भन्दा बढी देशको सेवा गर्ने क्रममा यो चेतवानीलाई सबैभन्दा तल राखेको धारण व्यक्त गरेका छन । उनका अनुसार अहिलेको अवस्थामा प्रहरीले नै राम्रोसँग काम गर्न सक्नेछ । 

 

स्मरण रहोस, कोरोना भाइरसको कारण एकलाख भन्दा बढी मानिस मरेको, नोभेम्बरको चुनाव अनिश्चित भएको बेला  राष्ट्रपति ट्रम्पले यो आन्दोलनलाई हिँसाको नाम दिदै कानुनी शाशन कायम गर्न सैनिक परिचालन गर्ने चेतावनी दिएका हुन ।

 

उनले प्रहरीलाई अझ शक्तिको प्रयोग गरि आन्दोलन रोक्न आग्रह गरेका छन ।  आफ्नो ट्वीटरमा कडा शब्द प्रयोग गरि प्रदेश सरकार र गभर्नरले भन्दा प्रहरीले राम्रो काम गरेको बताएका छन । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार