• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

कर्मचारीको मात्र होईन, राष्ट्रपति र प्रधानमन्त्रीको पनि तलब कटौती गरियोस् : संग्रौला

काठमाण्डौं । नेपाली कांग्रेस नेतृ डा। डिला संग्रौला पन्तले बजेटमा मितब्ययिता अपनाउन खोजेका अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रपति र प्रधानमन्त्रीको पनि तलब कटौती गर्न माग गरेकी छिन्।

 सोमबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि टिप्पणी गर्दै उनले कर्मचारीको भत्ता काट्ने अर्थमन्त्रीलाई, राष्ट्रपति, प्रधानमन्त्री र मुख्य ब्यक्तिहरुको तलब पनि काट्न माग गरेकी हुन ।

 

यस बाहेक उनले बजेट जनउतरदायी भन्दा पनि कार्यकर्ताप्रति उत्तरदायी रहेको भन्दै विनियोजित विधेयकमाथी विश्वास गर्ने र त्यसको कार्यान्वयनको पाटोमा ढुक्क हुने ठाउँ नरहेको बताईन्।


बजेटले विभेद गरेको भन्दै उनले भनिन्। ‘हामीले बजेटमा मितव्ययित्ता गरेको भन्दै भत्ता कटौती पनि गरिएको छ। तर यो मुलुकको प्रधानमन्त्री, राष्ट्रपति, प्रमुख व्यक्तिहरुको भत्ता कटौती गर्नु पर्छकि पर्दैनरु प्रतिपक्षी दलले यो सांसद विकास कोष कोरोना रोकथाम कोषमा ल्याउभन्दा अर्थमन्त्रीले आँखा चिम्लनुभएको छ।’ 

 

 कांग्रेसको छायाँ सरकारकी श्रममन्त्री समेत रहेकी संग्रौलाले ४५ लाखभन्दा बढी बिदेशमा रहेका नेपालीले पठाएको रमिटयान्सले मुख चलेपनि अहिले उनीहरुको राहतका लागि अर्थमन्त्रीले बजेटमा विशेष कार्यक्रम नल्याएको प्रति पनि गुनासो गरिन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार