• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
देश/प्रदेश

लकडाउन कोरोनाको समाधान होइन

काठमाडौं । कोभिड-१९ को प्रवाह सरकारी व्यवस्थापन र बिनियोजित बजेटका सन्र्दभमा जी पी फाउन्डेशनले डिजिटल संवाद मार्फत टिप्पणी गरेको छ ।  बागमती प्रदेश संयोजक एवं नेतृ रिता खनालले कोरोना टेष्टमा सरकार किन बैज्ञानिक पद्धती अपनाउन चाहन्न भन्दै प्रश्न गरेकी छन् । 


खनालले भनिन्,‘राहत बितरणमा एकद्धार प्रणाली भनिएको छ । ६८ दिनसम्म दश किलो चामल र दुई किलो दाल दिएर सरकार उम्किन खोजिरहेको छ । उल्टोअर्थ मन्त्री  बेला बेलामा कर बढाउने धम्की दिनेगर्छन  ।  राहत कोषमा अरबौं रकम छ। तर कोष परिचालन गर्न सरकार किन उदाशीन छ।’ यो महाब्याधीमा नागरिकको जीवन र उस्को स्वास्थ्यलाई केन्द्र  बिन्दुमा राखिनुपर्दछ तर सरकार  सत्ता कब्जा मा लागेकोछ ! यो बजेट  कोरोना कहरको समयमा होइन सहज अवस्थामा जस्तो र पुरातन पुनराबृत्ती कर्मकानडि र हचुवा  छ१ बिपन्न बर्ग को बाच्नपाउने पहिलो अधिकार ,श्रमजीवी बर्ग , निजि ब्यबसायिक क्षत्र र कोरोना पछाडि को  प्रबासबाट  फर्किएका नागरिक र समग्र  अर्थ ब्यबस्था को पुनर्जिबनमा  केन्द्रित छैन । ’ 

 संक्रमण रोक्ने औजारका रुपमा लकडाउनलाई सरकारले बुझनु गलत भएको नेतृ खनालले आरोप लगाएकी छन । 



त्यस्तै डिजिटल संवादमा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष एवं जी पी फाउण्डेसन प्रदेश पाँचका संयोजक डा.गोविन्दराज पोखरेलले कोरोनाको बिशंम परिस्थिीतीको संबोधन गर्न बजेट प्रयाप्त नभएको आरोप लगाएका छन् ।


 सरकारले २ प्रतिशत जनताको पीसीआर परिक्षण गर्ने भनेको छ तर त्यो पनि प्रयाप्त छैन । देशभरका सरकारी र निजी अस्पतालमा ८ सयवटा भेन्टिलेटर भए पनि ति प्रयाप्त नहुने पोखरेलको भनाई छ ।


 ‘झण्डै तीन महिना लकडाउन भयो । यो अवस्थामा सरकारले अत्यआवश्यक कामहरु सम्पन्न गर्न सकेन । स्वास्थ्य उपकरण थप्ने कुरामा सरकार चुकेको छ । सरकारले यो समय अबधीमा धेरै काम गर्ने सक्थ्यो तर गरेन । कोरोनाको  असर अर्थतन्त्रमा भयावह पर्ने देखिन्छ तर सरकारले व्यवसायीलाई सम्बोधन गरेन ।’  


 सरकारको मुख्य दायित्व रोजगार सिर्जना गर्ने र व्यवसायलाई बचाउनु भएपनि बजेटमा यो कुरा सम्बोधन हुन नसक्नु दुखद पक्ष भएको उनले बताए । 


चीनले कोरोना उपचारमा प्रभावकारी कदम चालेपनि नेपाल सरकार अलमलमा परेको आरोप फाउण्डेशनका प्रदेश नं २ संयोजक एवं कोभिड अस्पतालका डाक्टर सुवाशचन्द्र यादवले लगाएका छन । यस क्षेत्रको अबस्था झनै भयावह हुदैं गए पनि सरकारले उपकरण लगाएतका प्रविधीक पक्षमा काम हुन नसकेको र आम मानिसलाई कोरोनाका बारे बुझाउन सरकार असफल भएको उनले टिप्पणी गरे ।


त्यस्तै फाउण्डेशनका प्रदेश ७  संयोजक चतुर बहादुर चन्दले कोभिडमा सरकरको आंकलन गलत सावित भएको र सरकारको तयारी नपुगेको बताएका छन । नागरिकलाई घरमा थुनेर कोरोनाको उपचार हुन नसक्ने उनको भनाई छ । बद्रि भट्टराई सहजकर्ता रहेको डिजिटल संवादलाई बुढालनीकण्ठ नगर समिती संयोजक नवराज भट्टराईले संयोजन गरेका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार