• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

गायिका भारतीको ‘देशै रोयो कोरोनाले’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायिका तथा सञ्चारकर्मी सरिता भारतीको नयाँ गीत ‘देशै रोयो कोरोनाले’ सार्वजनिक भएको छ । सागर प्रधानको शब्द सङ्गीत रहेको गीतको भिडियोमा  चेतन गोतामे, महेश विक्रम पाण्डे र पुजा गुरुङले स्वरमा साथ दिएका छन् ।

 

सागर प्रधानको लेखन र संगीत रहेको गीत  युट्युवबाट रिलिज गरिएको हो । गीतमा गायक चेतन र गायिका सरितासंगै अन्य २० जना भन्दाबढी कलाकारहरुको अभिनय देख्न सकिन्छ। बिक्रम चौहानको निर्देशन रहेको भिडियोलाई राजकुमारले सम्पादन गरेका छन् । 

 

यसअघि आधुनिक, लोक, पप गीत बजारमा ल्याईसकेकी गायिका सरिताले राष्ट्रिय भावको गीत भने पहिलो पटक गाएको बताइन । 

 

प्रस्तुति : जयन सुब्बा मानन्धर

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार