• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

कोभिड-१९ नियन्त्रणमा सरकारले राम्रो काम गर्न सकेन : राप्रपा अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना भाइरस नियन्त्रणमा सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन्।

 

आइतबार ट्वीट गर्दै अध्यक्ष थापाले सिमावर्ती क्षेत्रमा आवागमन नियन्त्रण, क्वारेन्टाइन व्यवस्थापन र परीक्षणको दायरा बढाउन सरकार कमजोर देखिएको बताएका हुन् ।

 

उनले लेखेका छन्, ‘कोभिड १९ नियन्त्रणमा सरकारले राम्रो कामगर्न सकेन । सिमावर्ती क्षेत्रमा आवागमन नियन्त्रण, क्वारेन्टाईन व्यवस्थापन र परीक्षण दायरा बढाउन सरकार कमजोर देखियो । संक्रमणको खतरा बढ्दो छ । जनतामा आक्रोश बढिरहेछ । प्रम केपी शर्मा ओलीले ध्यान नदिए परिस्थिति नियन्त्रण बाहिर जानेछ । पछि पछुताएर काम लाग्दैन।’

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार