• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

रहेनन् कलाकार जयनेन्द्र चन्द ठकुरी

काठमाडौं । कलाकार जयनेन्द्र चन्द ठकुरीको ८० वर्षको उमेरमा आइतबार निधन भएको छ । 

 

ठकुरीको बिहान ११ बजेर २० मा आफ्नै घर बागडोलमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । उनको आजै पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।

 

कलाकार ठाकुर पछिल्लो समय प्यारालाईसिसबाट पीडित थिए । ज्वाला, देउकी, अधिकार’ चाँदनी, चोर, एक्का ट्रायल, पर्खी बसे, दुई पल, अंगरक्षक, माया बैगुनी, लगायतका एकसय बढी चलचित्रमा उनले अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार