• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

बाजुरा अस्पतालको आइसोलेसनमा मृत्यु भएकी दुई बर्षीया बालिकामा कोरोना पुष्टि

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी बालिकाको  उपचारको क्रममा मृत्यु भएको छ ।

 

बुढीगंगा नगरपालिका–१ घर भएका २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए  । 

 

मृतक बालिकाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो । पीसीआर रिपोर्ट आउन बाँकी रहेको जल्ला अस्पतालले जनाएको छ । बालिकाको शव व्यवस्थापन परीक्षण रिपोर्ट आएपछि मात्र गरिने अस्पतालले जनाएको छ । मृतक बालिकाकी २३ वर्षिया आमामा पनि कोरोना पुष्टि भएको छ । बुबाको रिपोर्ट भने नेगेटिभ आएको छ । 

 

क्वारेन्टाइनमा रहंदै उनको अबस्था जटिल भएपछि शुक्रवार साँझ मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गरिएको थियो । बालिकामा पखाला लाग्ने,ज्वरो र श्वास प्रश्वासको समस्या रहेको चिकित्सकको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार