• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

संविधान संशोधन प्रस्ताव संसदमा पेस

काठमाडौं । संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ संसद्मा पेस गरेकी छिन् । 

 

विधेयक पेस भएसँगै अब सार्वजनिक जानकारीका लागि राजपत्रमा प्रकाशित हुनेछ। त्यस्तै संसद सचिवालयले गोरखापत्रमा पनि प्रकाशित गर्नेछ। 

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। तर मधेशवादी दलहरूले भने आफूहरूको मागलाई पनि यसैबेला संशोधन होस् भन्ने अपेक्षा राखेका छन् ।

 

यसअघि १४ जेठको संसद् बैठकमा नै संविधान संशोधन विधेयक पेश गर्ने कार्यक्रम रहेकोमा अन्तिम समयमा आएर कार्यसूचीबाट हटाइएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार