• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
बिश्व

अमेरिकाभर न्याय माग्दै भएका विरोध प्रदर्शनमा झडप

अमेरिका। अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा भएको हत्याको विरोधमा अमेरिकाभर विभिन्न शहरमा प्रदर्शन हुँदा प्रहरीसँग झडप भएको छ।

 

सयौँ मानिसहरूले जर्ज फ्लोइडको हत्यामा न्यायको माग गर्दै ह्वाइट हाउसको बाहिर विरोध प्रदर्शन गरेका छन्। मिनेसोटा, न्यूयोर्क, एटलान्टा र अरू क्षेत्रमा हिंसात्मक प्रदर्शन भएका छन्। हिरासतमा फ्लोइडको मृत्यु भएकोमा मिनियापोलिसका एकजना पूर्व प्रहरी अधिकारीलाई गिरफ्तार गरेर हत्या अभियोग लगाइएको छ।

 

गोरा जातिका डेरेक चौविनले ४६ वर्षीय काला जातिका फ्लोइडको घाँटी थिचेको फूटेज सार्वजनिक भएको थियो। चौविन र थप तीनजना प्रहरीहरूलाई उक्त काण्डका कारण यस अघि नै सेवाबाट बर्खास्त गरिएको थियो।

 

चौविनलाई सोमवार पहिलोपटक मिनियापोलिसस्थित एक अदालतमा उपस्थित गराइने बताइएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त घटनालाई 'भयानक' भन्दै आफूले फ्लोइडका परिवारसँग कुराकानी गरेको बताएका छन्। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार