• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

भारतमा अलपत्र परेका नागरिकको सास्ती अझै रोकिएन

बीरगञ्ज । भारतमा अलपत्र परेका नेपालीहरु सिमा नाकामा दुख पाउने क्रम अझै रोकिएको छैन । बिना परिक्षण उनीहरु गाउँ प्रवेश गर्दा अबस्था अझै भयावह बनेको छ ।

 

रक्सौल नाकाबाट नेपाल भित्रीएका सयौ नेपालीहरुको  परिक्षण अझै हुन सकेको छैन । हप्तौसम्म हिडेर आएका उनीहरुले पानी पनि खान नपाएको गुनासो गरेका छन । पर्सा र काठमाडौं बाहेक जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लामा नै पठाउने तयारी भइसकेको भए पनि उनीहरको स्वास्थ परिक्षण हुन अझै समय लाग्ने देखिन्छ । 

 

सरकारले स्थानीय तहसम्म प्रभावकारी काम गर्न नसकेको स्थानियले गुनासो गरेका छन । कोरोना टेष्ट किटहरुलाई प्रभावित क्षेत्रमा पुर्‍याउन सकिएको छैन । पर्सा र काठमाडौंका नागरिकलाई भने वीरगञ्जका विभिन्न  स्थापनामा बनाइएका क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार