• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

मेरो छिमेकी र म

बर्षौंदेखी घुमेको यो सम्बन्धको फेरो,
प्रसंग यो मेरो छिमेकी र मेरो ।
म नरबहादुर्, उ भरतमान र त्यो चिनकाजी
हामी तीनै लामबद्ध एकै धरामाथी ।

 

खोलाबाट आउँदै गर्दा भरतमान अगाडि,
कान्लामाथी अजंगको चिनकाजीको बारी ।
मेरो सानो खरको छानो, दुई ढुंगाको कापमा,
दायाँ बायाँ जो बलेनी मै पो पर्छु रापमा ।

 

दुईचार दिनभो सायद आज, भरतमान उर्लेको,
मेरै बारी डिलमा बसी, मै माथी कुर्लेको ।
उसको त्यत्रो गैहृखेत भई, मेरै कान्लो ताक्छ,
बर्षौंको यो पिलो आज, बैरी झैं पो पाक्छ ।

 

चिनकाजीले कुट्नै लाग्दा, शरण बाले देथे,
त्यही शरणले मरण होला, बाले के सोच्थे ।
गल्ती मैले गरेकै हो, करेसा बारिन्
लालपुर्जा जो सन्दुकमैथ्यो, नजरै पारिन ।

 

पुर्जाको त्यो गड्डिपनी, उसलाई थोर भो रे,
हिजो पाइला टेकेकै ठाँउ, आज उसको हो रे ।
हुँदा हुँदा  किनी खाको नुनको धाक लाउँछ,
रोटी अनि बेटी भन्दै झ्याउरे गीत गाउँछ ।

 

मेरो कान्लो नापी गर्दा, उल्टै पो घुर्क्याउँछ
गोर्खालीको पाखुरालाई बिथ्थैमा सुर्क्याउँछ ।
अन्यायनी कतिसम्म, बोल्न सक्या होला,
हुँदा हुँदा  खोल्सोलाई, भन्छ काली खोला ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार