• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

स्वास्थ्यकर्मीको मनोवल बढाउन कांग्रेस नेतृको सरकारसँग आग्रह

काठमाडौं । महिला शक्ति समुहले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा सहभागी पुर्व मन्त्री तथा नेपाली कांग्रेस नेतृ कमला पन्तले कोरोना कहर बढे संगै महिलाहरुमा थप जोखिम बढेको तर बजेटले महिलालाई सम्बोधन गर्न नसकेको बताएकी छन ।


राष्ट्रिय महिला अधिकार दिवसको सन्र्दभमा गरिएको उक्त डिजिटल संवादमा पन्तले  बिगतको तुलनामा संख्यात्मक रुपमा राजनीतिमा महिलाको सहभागिता बढ्नु सकारात्मक भएपनि अर्थपुर्ण सहभागिता अझै पनि हुन नसेकको बताएकी छन् । 


प्रदेशसभा, राष्ट्रिय सभामा महिलाहरुको सहभागिता बडेपनि महिलामाथीको अविश्वास अहिले पनि कायम रहनु दुखद भएको उनको भनाई छ। ‘महिलालाई मानवको रुपमा हेर्न यो समाज अझै पनि तयार छैन । राजनीतिमा महिलालाई कार्यकारी भुमिका नदिएसम्म परिवर्तन असम्भव छ ।’ 

 

त्यस्तै डिजिटल संवादमा काग्रेस केन्दिय सदस्य किरण यादवले  लकडाउन लम्बिदै गर्दा यसको असर तराइमा झनै बढेको बताएकी छन । ‘कोरोना संक्रमणका बिरामी  थपिदै गईरहेका छन । संक्रमितहरुको संख्या बढेसँगै जोखिम पनि बढेको छ ।  सुरुवातमा थोरै संख्यामा कोरोना संक्रमण देखिएको थियो। तयारीका लागि हामीसंग प्रयाप्त समय थियो तर सरकारको ध्यान तयारीमा नदेखिएकै हो । अहिले देश ठप्प छ । संक्रमितको संख्या धेरै नै बढी सक्यो ’  

 

भारतबाट आएकाहरुलाई तत्काल परिक्षण गरेर स्वास्थ्य अवस्थाका आधारमा उनीहरुलाई सहज ढंगबाट क्यारेन्टाइनमा राख्न सरकारले ढिला गर्ने नहुने यादबको भनाई छ । स्थानीय तहले  हजारौं नागरिकहरुलाई उद्दार गरिरहेका छन तर जुन रुपमा उनीहरुको परिक्षण हुनुपर्ने त्यसो हुन सकेको छैन । गाउँपालिकाहरुसँग स्रोत साधन नै छैन । विद्यालयका कक्षा कोठामा राख्दा जोखिम झनै बढने हुदा उद्दारमा सरकारले ढिला गर्ने नहुने यादवको सुझाव छ ।
 

त्यस्तै ट्रेड युनियन कांग्रेसका राष्ट्रिय सल्लाहकार रिता खनालले कोरोना कहरको अवस्थामा पनि सरकार भष्ट्रचारमा लिप्त हुनु र सांसद अपहरणसम्मको कार्य गर्नु निन्दनीय भएको भन्दै आलोचना गरेकी छन । ‘रुकुम हत्याकाण्डका दोषीलाई सरकारले कारवाही गरोस्, राजनीतिज्ञ अति बिशिष्टहरुको सुविधा कटौती गरेर उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन गरियोस’ । नेतृ खनालले पुर्व बिशिष्ट र राजनीतिकर्मीको तलब काटेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोवल बढाउन सरकारलाई सुझाव दिइन । यस्तो जटिल परिस्थितीमा पनि जोखिम मोलेर फ्रन्टलाइनमा रहेर काम गर्नेको सुविधा काटिनु गलत कार्य भएको उनको भनाई छ ।


नेपाली कांग्रेस संविधान संशोधनको पक्षमा रहेको भएपनि सत्ता पक्षले खुट्टा कमाएको खनालले आरोप लगाएकी छन । सत्ता पक्ष र प्रतिपक्ष बिच आरोप प्रत्यारोप नगरी तत्काल सीमा विबादलाई सल्ट्याउन उनले सरकारलाई सुझाव दिएकी छन ।


आज भएको भर्चुअल संवादमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादव, चन्दन झा, महिला संघ महासचिव मञ्जु खाँड, रिता शाही, मृदुला कोइराला, भक्तपुर उपमेयर अञ्जना मधिकर्मी, अमिता प्रधान,लता घिमिरे,इन्दिरा निरौला,लता खरेल,मुना लामिछाने, इन्दिरा तिवारी,भुमा शर्मा, दीपिका भुषाल, इन्दिरा निरौला, जमुना कार्की, कृष्ण कुमारी खतिवडा, मुना पाठक, पार्वती गिरी, रेखा यादव, निर्मला गौतम,लक्ष्मी पाण्डे , सरस्वती तिमिल्सिना लगाएतका नेतृहरुको सहभागिता रहेको थियो । 

कोरोना कहरको बिचमा सरकारले ल्याएको बजेट कोरोनासंग लड्न प्रयाप्त नभएको सहभागिहरुले बताएका छन । उनीहरुले बिदेशमा अलपत्र परेका नेपालीहरुको तत्काल उद्दार गर्नु सरकारको दायित्व भएको भन्दै उद्दारमा ढिला नगर्ने सरकारसंग माग गरेका छन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार