• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
देश/प्रदेश

चट्याङ लागेर दुई महिलाको मृत्यु

रोल्पा । चट्याङ लागेर आज यहाँ दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा, त्रिवेणी गाउँपालिका –७ गैरीगाउँ नन्दीखोलाका ७५ वर्षीया खिरमाली बाँठा र २१ वर्षीया आशा बुढा रहेको प्रहरीले जनाएको छ ।

 

घरमा बसिरहेका अवस्थामा  चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुलाई रोल्पा अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला  प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रवहादुर गुरुङले जानकारी  दिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार