• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार २ सय १२ पुगेको छ ।

 

आज थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या  १ हजार २ सय १२ पुगेको  नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले जानकारी दिए ।

 

हालसम्म कोरोना संक्रमण भएका २ सय ६ जना उपचारपछि  घर फर्किएका छन्। 

 

कोरोना  संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार