• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

सोती घटनालाई लिएर नेपाल दलित संघले गर्‍यो शान्तिपूर्ण विरोध प्रदर्शन

काठमाडौं । रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट मृत्यु भएका जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विक लगायत ३ जनाको मृत्युबारे निष्पक्ष छानविन गर्न माग गर्दै नेपाल दलित संघ, कागेश्वरी मनहरा नगर समितिले बिरोध प्रदर्शन गरेको छ ।  

 

घटनाका दोषीहरुलाई मुलुकी अपराध संहिता २०७४ र छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन,२०६८ अनुसार हदै सम्मको सजायको माग गर्दै समितिले प्रदर्शन गरेको जनाएको छ। सामाजिक दुरी कायम गरी शान्तिपूर्ण विरोध प्रदर्शन गरेको नेपाल दलित विद्यार्थी संघका केन्द्रिय सदस्य सलमान बिशुन्खेले जानकारी दिए । 

 

२१ औं शताब्दीमा पनि जातीय भेदभाव कै कारण कुनै व्यक्तिको ज्यान जानु निकै नै निन्दनीय कार्य भएको नेपाल दलित विद्यार्थी संघका केन्द्रीय सदस्य विसुंखेले बताए । उनको अनुसार हाललाई यो साङ्केतिक विरोध मात्रै भएको र  मृतक परिवारले न्याय नपाएसम्म विरोधका कार्यक्रम परिमार्जित गर्दै जारी रहनेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार