• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

कांग्रेस संसदीय दलको बैठक भोली बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । 

 

कांग्रेस संसदीय दलको कार्यलयले आज एक विज्ञप्ती जारी शुक्रबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्न लागेको जानकारी दिएको हो ।

 

प्रमुख सचेतक बालकृष्ण खाँडले समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधनका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए। काँग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक समेत बोलाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार