• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

रुकुमको घटनालाई लिएर काभ्रेमा विरोध

धुलिखेल । रुकुम जिल्लाको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको अन्र्तर जातीय विभेदको घटनालाई लिएर काभ्रेमा पनि विरोध भएको छ । आज विभिन्न राजनीतिक दलसँग आबद्ध दलित संघसंगठनले विरोध गरेका हुन् ।

 

धुलिखेलको सरस्वती बजारमा भेला भएका उनीहरुले जातिय छुवाछुत अन्त्यका गर्न लेखिएका प्लेकार्ड र र्याली सहित जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र समेत बुझाएका छन् । 

 

प्रमूख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनालाई भेटेर नेपाल उत्पीडित जातिय मुक्ति समाज, नेपाल दलित संघ, दलित मुक्तिमोर्चा र नेपाल दलित मुक्ति मोर्चा काभ्रेले घटना सत्य तथ्य छानविनको माग गर्दै प्रशासन मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार